×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारको कामप्रति कमल थापाको आपत्ति

सरकारको कामप्रति कमल थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत थापाले यस्तो आलोचना गरेका हुन् ।

यसअघि ओलीले गरेका कामहरुको खुलेर प्रशंसा गरेका अध्यक्ष थापाले सरकारको सिफारिसमा राष्ट्रपतिले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकोमा भर्त्सना गरेका छन् । नागरिकता विधेयक संसदमा विचाराधिन भएको अवस्था सत्ता स्वार्थको निम्ति यस्तो संवेदनशील विषयमा प्रयाप्त छलफल र सहमति कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले अध्यादेश ल्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्ने थापाको माग रहेको छ । यसअघि प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी विधेयकको सार्वजनिक कनर्यक्रममै विरोध गरेका थिए ।

Kamal Thapa ji.JPG

 

 

 

प्रतिकृया दिनुहोस्