×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

विज्ञापन खुलेको ३ वर्षपछि परीक्षा लिँदै त्रिवि सेवा आयोग

विज्ञापन खुलेको ३ वर्षपछि परीक्षा लिँदै त्रिवि सेवा आयोग

काठमाडौं - त्रिभुवन विश्वविद्यालय(त्रिवि) सेवा आयोगले विज्ञापन गरेको तीन वर्षपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ। आयोगले २०७७ सालमा खुला  गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि सूचना निकालेको हो। 
आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो। 

प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ। त्यसपछि अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ। 

परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्