×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने

 

काठमाडौं-काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आइतबारबाट विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।
भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गरेको हुनुपर्ने सुवेदीले बताउनुभयो । यदि अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने अनिवार्य भौतिक कक्षा सञ्चालनको लागि आग्रह नगरिएको उहाँको भनाई छ ।

“भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा पहिले शिक्षक ,अभिभावकहरुसँग छलफल गरेर उहाँहरु सहमत भएमात्र विद्यालय सञ्चालन गर्नुपर्ने निण्र्नय भएको छ” सुवेदीले भन्नुभयो ।
विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा सञ्चालनको कार्यविधि बनाएर शिक्षा महाशाखामा पेश गर्न पनि आग्रह गरीएको उहाँले बताउनुभयो । भौतिक कक्षा सञ्चालन गर्ने विद्यालयको अनुगमन पनि हुने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्