×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बार्सिलोनाको अपराजित यात्रा जारी

बार्सिलोनाको अपराजित यात्रा जारी

काठमाडाैँ- स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा जारी राखेको छ।  लिगको तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बार्सिलोनाले आइतबार गेटाफेलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डच खेलाडी मेम्फिस डिपाएलेको उत्कृष्ट प्रदर्शनमा जित हासिल गर्‍यो । खेलको दोस्रो मिनेटमै सर्जि रोवर्टोले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए ।

तर १८औं मिनेटमा सान्ड्रो रामिरेजले चार्ल्स एलेनाको पासलाई गोलमा परिणत गर्दा गेटाफेले बराबरि गर्न सफल भयो । तर ३०औं मिनेटमा डिपाएले फ्रेन्की डे जोङको पासमा गोल गरेपछि बार्सिलोना २-१ को अग्रता बनाउन सफल भयो । पहिलो हाफमा भएको यो नतिजानै निर्णायक बन्यो ।

आइतबार राति नै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भिल्लारियलसँग २-२ गोलको बराबरीमा रोकियो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक भिडन्तमा एट्लेटिकोलाई हार टार्न आत्मघाती गोल सहयोगी बन्यो । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

भिल्लारियलका लागि मनुयल ट्रिग्वेरोसले ५२औं मिनेटमा टीमका लागि पहिलो गोल गरे । ५६औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए। ७४औं मिनेटमा एमाउट डान्जुमाले गोल गर्दै भिल्लारियललाई पुनः अग्रता दिलाए ।

तर खेलको इन्जुरी समयमा एट्लेटिकोले आत्मघाती गोल उपहार पायो । आइशा मान्डीको प्रहार आफ्नै पोस्टमा छिरेपछि जित नजिक पुगेको भिल्लारियल अंक बाँड्न बाध्य भयो । लिगमा भिल्लारियलको यो लगातार तेस्रो बराबरी हो ।

लिगमा बार्सिलोनाको जितपछि तीन खेलबाट ७ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । ७ अंकनै भएको एट्लेटिको म्याड्रिड ५औं स्थानमा छ । लिग अंक तालिकामा रियल म्याड्रिड, सेभिया र भ्यालेन्सियाको पनि समान ७ अंक नै भएपनि गोलअन्तरमा अघि रहेका छन् । लिगमा ६ टिमको ७ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्