×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्तिको लागि राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति

आरम्भ चौतारीले देउराली  लघुवित्तलाई प्राप्तिको लागि राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति

काठमाडाैँ - बनेपा केन्द्रिय कार्यालय रहेकाे आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र बुटवलमा केन्द्रिय कार्यालय रहेकाे देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। उनीहरुले तोकिएका सर्तहरु पुरा गरेकाले अन्तिम स्वीकृति प्रदान गरिएको नेपाल राष्ट्र बैंककाे पत्रमा उल्लेख गरिएकाे छ। 

बनेपा -१० काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बुटवल ४ रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्तलाई प्राप्ति गरेको हो। 

प्राप्ति पश्चात बन्ने लघुवित्तको नाम 'आरम्भ चौतारी लघुवित्त' रहनेछ भने यसको केन्द्रिय कार्यालय बनेपा न.पा. १० काभ्रेमा रहनेछ। राष्ट्रिय स्तरको लघुवित्तको हैसियतले देशभर लघुवित्त सेवा प्रदान गर्नेछ। 

राष्ट्र बैंकले तोकेको सर्तअनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाको स्वाप अनुपात १००: ८४ हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई यहि कात्तिक १ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। 

 

 

 

प्रतिकृया दिनुहोस्