×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

 

काठमाडौं - सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न इजाजतपत्रप्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको निर्णयानुसार जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा रहेको छ । 
बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, RTGS लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

001

प्रतिकृया दिनुहोस्