×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बोरोदियाङ्काको क्षति बुचामा भन्दा भयानक : जेलेन्स्की

बोरोदियाङ्काको क्षति बुचामा भन्दा भयानक : जेलेन्स्की

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुचाकोभन्दा धेरै क्षति बोरोदियाङ्का सहरमा भएको बताएका छन् । उनले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा ‘निकै धेरै भयानक’ रहेको बताएका हुुन् । 

उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन् ।’

युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन् । बीबीसी

प्रतिकृया दिनुहोस्