×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १७ जनामा कोरोना संक्रमण, २१ निकाे

थप १७ जनामा कोरोना संक्रमण, २१ निकाे

काठमाडाैँ- नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप २१ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन् । हाल नेपालमा २ सय १ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्