×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरमा ५० बर्ष माथिका छुटेका सबैलाई आजबाट भोरोसेलको खोप दिइने

काठमाडौं महानगरमा ५० बर्ष माथिका छुटेका सबैलाई आजबाट भोरोसेलको खोप दिइने

काठमाडौं - काठमाडौं महानगरपालिका भित्र पुन: भेरोसेल खोप कार्यक्रम सुचारु हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको बताएको हो ।
महानगरले हिजो एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार आज १४ गते खोप कार्यक्रम सञ्चालन हुने बताएको हो । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्