×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौं -  भारतको मुम्बई घाटकोपरमा सोमबार आएको आँधीले होर्डिङ बोर्ड खसाल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो । होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खसेको प्रत्यक्षदर्शीको भनाइ छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उद्धार कार्यमा तीव्रता दिएको बताएका छन् । साथै मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको निस्शुल्क उपचारको व्यवस्था मिलाइनेसमेत उनले बताएका छन् । बेमौसमी वर्षाका कारण मुम्बई समस्यामा परेको हो ।

प्रतिकृया दिनुहोस्