×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्री एयरलाइन्सको जहाज ग्राउन्डेड

श्री एयरलाइन्सको जहाज ग्राउन्डेड

 काठमाडौं- अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको हो ।

सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो । ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्कि‌ंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।

विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।

प्राधिकरणका अनुसार शनिबार धनगढी विमानस्थलमा पनि श्री एयरलाइन्सको उक्त जहाजमा यही समस्या देखिएको थियो ।

प्रतिकृया दिनुहोस्