काठमाडौँ- सर्वोच्च अदालतले विजयकुमार गच्छदार, प्रभु साह, विक्रम पाण्डे र गोविन्दराज जोशीसहित आसन्न निर्वाचनका ९ उम्मेदवारको उम्मेदवारीविरुपद्ध परेको रिट निवेदन खारेज गरेको छ ।
अदालतका अधिवक्ता अनिलकुमार सिन्हाको एकल इजलाशले ती निवेदनहरु खारेज गरेको हो । गच्छदार, पाण्डे र जोशीविरुद्ध अदालतमा भ्रटाचार मुद्दा विचाराधीन छ । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको पनि रिटमा उल्लेख गरिएकाे थियाे ।
अधिवक्ता अनिल आचार्यले उनीहरुसहित ९ उम्मेदवारविरुद्ध रिट दर्ता गराएका थिए । त्यस्तै, युद्ध विक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, रेवतीराज पुरी, सरीता गिरिविरुद्ध परेको रिट पनि खारेज भएको छ । गिरिने नेपालकाे भाैगाेलिक अखण्डताविराेध अभिव्यक्ति दिएकी थिइन् ।
मुद्दा परेका र विवादित छवीकाले चुनावमा प्रतिस्पर्धा गर्न नपाउने र उम्मेदवारी खारेजी हुनु पर्ने मागसहित उनीहरूविरूद्ध रिट हालिएकाे थियाे ।