×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई हराउदै मलेसिया एसीसी प्रिमियर कपको फाइनलमा

नेपाललाई हराउदै मलेसिया एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं - एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल  मलेसियासँग ४ विकेटले पराजित भएको छ । शुक्रबार घरेलु टोली मलेसियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट नै बाहिरिएको हो ।  नेपाल प्रतियोगिताको फाइनल पुग्न मात्र असफल भएको छैन, एसिया कप क्रिकेटमा छनोट हुने अवसर समेत गुमाएको छ । 

नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । 

मलेसियाको जितमा एलस हन्टरले ६९ रनको नटआउट इनिङ्स खेलिन् । उनले ५३ बल खेल्दै ६ चौको मदतले सो रन बनाएकी हुन् । महिरा इस्माइलले १६ र मास एलिसाले १३ रनको योगदान गरिन् । वान जुलियाले ११ रन बनाईन् । 

नेपालकी कबिता जोशी र सिता राना मगरले समान २ तथा कबिता कुँवर र रुबिना क्षेत्रीले समान १ विकेट हात पारे । 

सुरुवातमा ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रन बनाईन् । डोली भट्टले २५, कबिता कुवरले २३ र रुबिना क्षेत्रीले २० रन बनाईन् । सिता राना मगर ६ र कबिता जोशी २ रनमा आउट भए ।

मलेसियाकी माहिरा इस्माइलले दुई तथा विनीफ्रेड दुराईसिंगम एक विकेट हात पारिन् । 

नेपाल अपराजित रहदै फाइनल प्रवेश गरेको थियो । तर सेमिफाइनलमा खेलमा मलेसियाको चुनौती पार गर्न सकेन । मलेसियालाई हराएको अवस्थामा नेपाल एसिया कपमा छनोट हुने थियो । 
 


 

प्रतिकृया दिनुहोस्