काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले बुधवार प्रतिनिधिसभामा बोल्दै ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘बर्डफ्ल्युको जोखिम न्यूनीकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरूको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार यिनीहरूले पाउनुपर्ने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकार झुलाउँछ । मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दासम्म कुर्ने हो रु’ थापाले भने ।