×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

एमाले नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं-  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ। बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो।

त्यस क्षेत्रलाई घेरेर राखिएको थियो ।  यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो। सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ। शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ। बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि  सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित भएका छन्।।

प्रतिकृया दिनुहोस्