×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नरेशले नै ममताको हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष, रगतसँग डीएनए मिल्यो

नरेशले नै ममताको हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष, रगतसँग डीएनए मिल्यो

एजेन्सी - अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली मूलकी ममता काफ्लेको हत्या गरेको आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता गरिने भएको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको अभियोग दर्ता गर्न लागेको हो । 

मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीएनए रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनको समाचारमा उल्लेख छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएका थिए । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेकाे समाचारमा उल्लेख छ ।

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् । 

प्रतिकृया दिनुहोस्