काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुको बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारबाट सुरु हुँदैछ । त्यसअघि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन कोइराला पक्षको बैठक बस्न लागेको हो ।
काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको, सविधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ । यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।