×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : पोखरेल

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर धाँधली गरेको बताएका छन्। पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ 

एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।

 

प्रतिकृया दिनुहोस्