काठमाडौँ- आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ ।
५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६:३० जेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइनेछ ।
त्यसैगरी चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुनेछ ।