×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राज्यको आर्थिक र भौतिक सुविधा लिनुहुदैनः सुदर्शन प्रधान

राज्यको आर्थिक र भौतिक सुविधा लिनुहुदैनः सुदर्शन प्रधान

भरतपुर- चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार सुदर्शन प्रधानले २० बुँदे योजनाहरु सार्वजनिक गर्नुभएको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय सांसद, प्रदेश सांसद र मन्त्रीहरुले तलब, भत्ता र गाडी सुविधाहरु लिन नहुने गरी नीति ल्याउनुपर्ने बताउनुभएको छ । “हरेक सांसद, मन्त्रीहरु उद्यमी, व्यवसायी बन्नुपर्छ, स्वीट्जरल्याण्ड जस्तै बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “राज्यको कुनै आर्थिक, भौतिक सुविधा लिने प्रवृत्ति हटाउनुपर्छ ।” 

पर्यावरण, भूमि, बैंकिङग, रक्षा, गृह, विद्युत, फोहर व्यवस्थापन, पर्यटन, स्वास्थ्य शिक्षा, यातायात नीति लगायतका २० बुँदे योजनाहरु सार्वजनिक गर्नुभएको हो । पहाडी क्षेत्रको गाउँ वस्तीमा बाँदर आतंक नियन्त्रण गर्ने गरी कार्यक्रम ल्याइने दाबी गर्नुभएको छ । उहाँले बालबच्चाहरुलाई देश, जनताप्रति इमान्दार र वफादार राजनीति गर्न, सिक्न, बुझ्न र क्रियाशिल हुन उत्प्रेरणा दिने नीति ल्याइने बताउनुभएको छ । भरतपुर–१ निवासी प्रधान पञ्चायत कालमा विद्रोही भूमिगत कार्यकर्ता, केन्द्रीय लडाकु दलको कमाण्डर, पर्यावरण संरक्षण अभियान्ता, पर्यटकीय गाउँ घलेगाउँ निर्माणका अभियान्ता समेत हुनुहुन्छ । उहाँ लेखनमा पनि रुचि राख्नुहुन्छ ।

यस्तै चितवन २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार तिलक थापा मगरले स्वासथ्य शिक्षा, यातायात सर्वसुलभ, निःशुल्क हुनुपर्ने बताउनुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुन चाहिएको बताउनुभयो । इच्छाकामना–७ भालुमाराका मगर लामो अवधि ड्राइभिङ पेशमा आवद्ध हुनुभएको थियो । प्रधानको मौरी, मगरको बोलेरो गाडी चुनाव चिन्ह रहेको छ । निर्वाचन आयोगमा चुनाव लगत्तै पार्टी दर्ता गरेर देशव्यापी संगठन विस्तार गरिने उहाँहरुको दाबी छ । 

प्रतिकृया दिनुहोस्