×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई सह-सचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

दुई सह-सचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सह-सचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा कार्यरत एक कर्मचारीले जानकारी दिए । ।

प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिलचन्द्र तिवारीको बढुवा भएको हो ।

यसअघि बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

प्रतिकृया दिनुहोस्