×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ- कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका हुन्। नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा सुरु हुने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए। ४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका छन्।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १÷१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।

प्रतिकृया दिनुहोस्