काठमाडौं - काले तामाङ अकस्मात् बिरामी भएपछि हाम्रो टिमको सक्रियतामा वीर हस्पिटल लगिएको थियो उपचारको चार दिनपछि उनको मृत्यु भएको छ । मृतकको कोरोना रिपोट नेगेटिभ आएको थियो । उनलाई चिन्ने एक व्यक्तिले भने उनको परिवारमा कोही पनि छैनन् एउटा भाइ छ त्यो पनि टिबी रोगी ! उनी परिवार विहीन हुन् । उनी सडकमा नै सुत्ने, माधवपर्दार्थ सेवन गर्थे । उनको टाउकोमा चोट लागेको र त्यही चोटको कारण मृत्यु भएको जनाइएको छ ।
उक्त मृतकलाई उद्धार गरी चार दिनसम्म वीर हस्पिटलमा उपचार गराइ उनकै हेर चाहामा लागिपरी रहेको हाम्रो टिमको कोषाध्यक्ष मिलन बोगटीले जानकारी दिएका छन् । बोगटीले भने उनलाई उद्धार गरेर हामीले राम्रो नराम्रो प्रतिक्रिया दुवै पाएका छौ हामीले कुनै भाइरल हुने योजनाले उनको उद्धार गरेको होइन । मृतकको दाहसंस्कार हाम्रो टिम नेपालले नै गरेको छ ।