काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । यसदिन नेप्से सूचक १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले बढेर ३९४.८९ बिन्दुमा पुगेको छ । यस दिन २ सय ५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर कारोबार भएको छ । २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँको सेयर खरिदबिक्री भयो ।
आज १६५ कम्पनीको सेयर मूल्य बढ्यो भने ३९ कम्पनीको सेयर मूल्य घट्यो । ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । जसा धौलागिरी लघुवित्त, श्रीजनशील लघुवित्त,खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नयाँ सरकार गठनसँगै लगानीकर्ताको मनोबल उच्च बनेको छ। जसका कारण सेयर बजारमा सकारात्मक मनोविज्ञानले सबैभन्दा बढी काम गरेको देखिन्छ । आज १६ करोड ८४ लाख रुपैयाँसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक परेका छन् ।