×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमका स्पीनर हाबी हुँदा जनकपुर ५१ रनमा अलआउट, अपराजित यात्रामा पूर्णविराम

सुदूरपश्चिमका स्पीनर हाबी हुँदा जनकपुर ५१ रनमा अलआउट, अपराजित यात्रामा पूर्णविराम

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले अपराजित यात्रा टुंग्याएको छ ।

लगातार ४ खेलमा अविजित जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् ।

जनकपुरका जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुर ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए । त्यसपछि ठूलो साझेदारी हुन नसक्दा सुदूरपश्चिम सस्तोमै रोकिएको हो ।

प्रतिकृया दिनुहोस्