×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने तामाङ पक्राउ

छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने तामाङ पक्राउ

 काठमाडौँ - रामेछापमा अनौठो चोरीको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने सुनापति गाउँपालिका–४ बेथान स्थित भल्वाडीका ५६ बर्षिय उदय बहादुर तामाङ पक्राउ परेका छन् ।गोठमा बाँधेको पाठी हराएपछि छिमेकीले खोजी गर्ने क्रममा उनले काटेर खाएको तथ्य पत्ता लागेको थियो ।

छिमेकीको पाठी चोरी काटेर खाने तामाङलाई ईकाला प्रहरी कार्यालय बेथानले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । शुक्रवार राती पाठी चोरी राती नै काटेर खाएको थाहा पाएपछि उनी फरार रहेका थिए । फरार रहेका तामाङलाई हिजो पक्राउ गरिएको थियो । प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक अपराधिक क्रियाकलापमा संलग्न हुँदै सजाय भोगेर छुटदै आएका हुन् । प्रहरीले पक्राउ परेका तामाङमाथि जिल्ला अदालत रामेछापबाट दस दिन म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्