×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

धादिङको गल्छीले ‘सी’ लिग छनोटमा आज ललितपुरको इमाडोल सँग खेल्दै

धादिङको गल्छीले ‘सी’ लिग छनोटमा आज ललितपुरको इमाडोल सँग खेल्दै

धादिङ -धादिङ गल्छीको शुभारम्भ युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा प्रतिपर्धा गर्ने भएको छ । भाद्र १६ गते बुधबार धादिङ कै ज्वालामुखीको लगनशील युवा क्लवलार्ई १ गोलले हराउँदै पहिलो जित दर्ता गराएको शुभारम्भ युवा समाजले आज दिनको ३३० बजे ललितपुरको इमाडोल युवा क्लव सँग खेल्न लागेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि भईरहेको यो लिग प्रतियोगितामा ७८ वटा टिम सहभागि छन्, जसमा धादिङबाट ३ वटा क्लवहरुले भाग लिएका छन् । जसमा धादिङका दुई क्लवहरु ज्वालामुखीको लगनशील युवा क्लव र गल्छीको शुभारम्भ युवा समाज एउटै समहुमा परेका सँगै यी दुई बीचको खेल बुधबार सम्पन्न भएको थियो ।
यस खेलमा ज्वालामुखीलाई हराए सँगै गल्छीका सुमन घले ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । ज्वालामुखी सँगको खेलमा घाईते भएका कप्तान संग्दीलको फिट्नेस क्लबको लागि चिन्ताको विषय बनेको बताईएको छ भने, प्रशिक्षक जितेन्द्र श्रेष्ठ आफ्नो टिमले पहिलो खेलमा भन्दा उत्कृष्ठ प्रदर्शन गर्नेमा आशावादी रहेको बताउँछन् ।
यस छनोट प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

प्रतिकृया दिनुहोस्