काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई लिएर शितल निवास पुगेका थिए । ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको आवह्वान गरेपछि ओली महन्थ र राजेन्द्रलाई लिएर शीतलनिवास पुगेको स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पुन प्रधानमन्त्रीमा दाबी गर्ने भएका छन् । वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत नलिएर पुनस्प्रधानमन्त्रीमा दाबी गर्न लागेका हुन् ।
यसअघि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेकी थिइन् । सरकार गठनका लागि आवह्वान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएकोले संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठनको आवह्वान गरेकी हुन् ।