काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताले आफबाट गरेको अपेक्षा मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर गहृमन्त्री लाछिमानेले दोषीलाई कारबाही गर्ने आश्वासन दिएका हुन् ।
‘मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन् । यसलाई मैले बुझेको छु’, गृहमन्त्री लामिछानेले भने, ‘तपाईँको मागको विषयमा अनुसन्धान अगाडि बढ्छ । हामीले यसलाई हेरिरहेकै छौँ। अघिल्लो पटक भएको कमीकमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ । तपाईंहरुले यहाँ बसे पनि नबसेपनि घट्नाको छानबिन र अनुसन्धान अगाघि बढ्छ ।’
मन्त्री लामिछानेले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष पनि गरे । घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे ।