काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ ।