×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ- सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।

सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो ।

थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुइटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ । सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनुपर्ने माग राखेको छ भने दुइटा दिने भए खानेपानी र वन मन्त्रालयको माग गर्दै आएको हो ।

सोही प्रस्ताव लिएर जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री खान बालुवाटार पुगेका हुन् । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने अवस्थामा जनमत पार्टी पुगेको छ । उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक पनि बेलाएको छ ।

प्रतिकृया दिनुहोस्