काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बयान लिँदैछ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो ।
बैठक बिहान ११ बजे बस्नेछ । समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिका समेत संशोधनसहित पारित गरिएको छ । जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ ।