काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको छ ।
योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।