×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो-रुसले ब्ल्याकमेल ग-यो

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो-रुसले ब्ल्याकमेल ग-यो

लन्डन- युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको   अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाए ।  

यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले  रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए । पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ ।  
रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए । 

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड  र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो । 

बुधवार जारी एक विज्ञप्ति जारी गर्दै  ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्