×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सेयर बजारमा ५० अंकको पहिरो

सेयर बजारमा ५० अंकको पहिरो

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ५०.१३ अंकको पहिरो गएको छ । साताको कारोबार हुने अन्तिम दिन नेप्से १.६८ प्रतिशतले घटेर २९२६.८९ बिन्दुमा पुगेको हो । 
कारोबारमा आएका अधिकांश परिसूचक कमजोर छन् । विकास बैंक, जलविद्युत्‌  र फाइनान्स समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले घटेको छ । जीवन बीमा समूहको परिसूचक दुई प्रतिशतभन्दा बढी दरले घटेको छ । त्यसबाहेक अरु समूहका परिसूचक १ प्रतिशतभन्दा बढी दरले घटेका छन् । 
सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयर मुल्यमा उच्च वृद्धि भएको छ । कुल सेयर कारोबार नौ अर्ब ५० करोड रुपैयाँमा सीमित छ । एक लाख पाँच हजार सात सय ७५ पटकको किनबेचमा एक करोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५७ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँ बराबर पुगेको छ । 

प्रतिकृया दिनुहोस्