×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लगातार तेस्राे दिन बढ्याे नेप्से, ४९ अकंले बजार बढ्दा ६७२ करोडकाे काराेबार

लगातार तेस्राे दिन बढ्याे नेप्से, ४९ अकंले बजार बढ्दा ६७२ करोडकाे काराेबार

काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार उकालाे लागेकाे छ । साताकाे सुरूदेखि अर्थात् आइतबारदेखि नै उकालाे लागेकाे सेयर बजार तेस्राे दिन पनि बढेकाे हाे । यस दिन  (नेप्से) परिसूचक ४९.१९ अङ्कले बढेको छ । सोमबार नेप्से १९ अकंले बढ्दा ७ अर्ब बढीको कारोबार भएको थियो । त्यअघि आइतबार ७३ अंकले बढेकाे थियाे भने ७ अर्बभन्दा माथिकाे काराेबार भएकाे थियाे ।

मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.७७ प्रतिशतले बढेर २८३४.१५ बिन्दुमा उक्लिएको छ । सेन्सेटिभ इन्डेक्स ६.३४ अङ्कले बढेर ५२८.८७ बिन्दुमा पुगेको छ । तर, काराेबार रकम भने आइतबार र साेमबारकाे तुलनामा केही घटेकाे छ ।

मंगलबार २ सय ३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २ सय १५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन नारायणी मेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

 
 

प्रतिकृया दिनुहोस्