×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्मरणशक्ति बढाउन के गर्नुपर्छ ?

स्मरणशक्ति बढाउन के गर्नुपर्छ ?

एजेन्सी

काठमाडौं- कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटाएका पो छौँ कि ? हो, केही कुरा छिट्टै सम्झनु पर्ने हुन्छ भने केही कुरा लामो समयसम्म पनि सम्झिरहनु पर्ने हुनसक्छ । तर, सबैको स्मरणशक्ति एउटै हुँदैन । त्यो त हाम्रो जीवनशैलीमा भर पर्छ । तर, कहिलेकांही कुनै रोग लागेका कारण पनि हाम्रो स्मरणशक्तिमा कमी आउन सक्छ । निम्न उपाय अपनाउने हो भने हाम्रो स्मरणशक्ति बलियो हुन सक्छः

निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।  नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।  

बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ । बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ । 

दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ । दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ । 

सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।  घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्