×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ओमानमाथि इङ्ल्याण्डको शानदार एतिहासिक जित

ओमानमाथि इङ्ल्याण्डको शानदार एतिहासिक जित

काठमाडौं - टी-२० विश्वकप क्रिकेटमा ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इङ्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ ।

शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित  गरयो ।


४८ रनको झिनो लक्ष्य इङ्ल्याण्डले ३ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरयो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।


यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
समूह सीमा इङ्ल्याण्डको यो पहिलो जित हो । जितसँगै इङ्ल्याण्ड ३ अंकसहित तेस्रो स्थानमा छ । ओमानको भने यो चौथो खेल हो । ओमान अंक बिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्