एजेन्सी - फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात् २७२ मिलियन डलर जरिवाना लगाएको हो ।
फ्रान्सको सो नियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण जरिवाना तिराउने भएको बताएको छ । सम्झौताले मिडिया कम्पनीहरूलाई उनीहरूको सामग्री अनलाइन पुनः उत्पादन गर्न भुक्तानी मामिलामा यो जरिवाना तिराएको हो ।
पेरिसका अधिकारीहरूका अनुसार गुगलले समाचार प्रकाशकहरूसँग उनीहरूको सामग्रीको प्रयोगको पारिश्रमिक कति हुनेछ ? भनेर असल विश्वासका लागि वार्ता नगरेको आरोप लगाएका थिए ।
फ्रान्सेली अधिकारीहरूले हालैका वर्षहरूमा गुगलमा लगाएका धेरै दण्डहरूमध्ये यो सबैभन्दा नयाँ हो ।