×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इतिहासमा गोरखाले लगाएको ऋण तिर्न गोरखाबाटै चुनाव लड्दैछु : प्रचण्ड

इतिहासमा गोरखाले लगाएको ऋण तिर्न गोरखाबाटै चुनाव लड्दैछु : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासमा गोरखाले लगाएको ऋण तिर्न आफू गोरखाबाट चुनाव लड्न लागेको बताएका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट चुनाव लड्न लागेका उनले आफूले गोरखाको विकासबारे सोचिरहेको बताए ।

बिहीबार काठमाडौंको लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपालको इतिहासमा गोरखाले लगाएको ऋण तिर्न म गोरखाबाट चुनाव लड्दैछु ।’ उनले आफूले गोरखाबाट समृद्धिको यात्रा सुरू गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

समृद्धिको यात्रा अबको अपरिहार्य शर्त रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई समृद्धिको खाका कोरेर देखाउन सकिएन, उनीहरूको समृद्धि सपनामा साथ दिन सकिएन भने अहिलेसम्म प्राप्त उपलब्धिहरूको पनि औचित्य हुँदैन । त्यसैले हामीले समृद्धिको यात्रा तय गर्नुपर्छ । यो यात्रा अब गोरखाबाट सुरू गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आसन्न निर्वाचनलाई सामान्य रूपमा मात्रै नलिन आग्रह पनि गरे । ‘यो निर्वाचनमा प्रतिगमनकारी र अग्रगमनकारी आमने–सामने हुँदैछौँ’, प्रचण्डले भने, ‘हामीचाहिँ अग्रगमनकारी हौँ । उतापट्टी अर्को समूह छ, जो प्रतिक्रान्तिकारीहरूको हो ।’

प्रतिकृया दिनुहोस्