काठमाडाैँ- सत्तागठबन्धनमा खटपट आइरहेको बेला सभामुख अग्नी सपाकोटालाई पदबाट हटाउँन कसरत भइरहेको छ । एमसीसी पास गर्ने तयारी लगायतका खबरहरु आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धलाई ४ वटा विकल्प दिएको छ ।
एमसीसीलाई जोडेर एमालेलाई मुछिएको बिषयमा एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आपत्ती जनाएका छन् । सत्तागबठबन्धन भत्काउँने सर्तमा एमसीसी पारित गर्न एमाले सहमत भएको भन्ने प्रचारलाई एमाले उच्च तहका नेताहरुले अस्विकार गरेका छन् ।
एमालेका शिर्ष नेताहरुले अहिले पार्टीको ध्यान समयमै स्थानिय तहको निर्वाचन हुनुपर्छ भन्नेमा रहेको बताउँने गरेका छन् । माधव कुमार नेपाल सहितका १४ जना सांसदहरुलाई गरिएको कारबाहीको बिषयमा उचित निष्कर्ष नआउँदा सम्म कुनै पनि एजेण्डामा प्रवेशनै नगर्ने अडान एमालेले लिएको छ ।
संसदमा जारी अवरोध हटाउँनका लागि सत्तागठबन्धनलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले ४ वटा विकल्प दिएका छन् ।
४ वटा विकल्प के-के ?
पहिलो : एकीकृत समाजवादीका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले जारी गर्नुपर्ने
दोस्रो : सभामुखले एमाले फुटाउन आफ्नो क्रियाकलापले भूमिका खेलेको भन्दै क्षमायाचना गर्नपर्ने,
तेस्रो : सभामुखले राजीनामा गर्ने
चौथो : पार्टी विभाजनका विषयमा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको फैसला कुर्ने,’ उनले भनेका छन् ।
ज्ञवाली भने एमसीसी सम्झौतालाई राजनीतिक द्वन्द्वको विषय बनाइएको बताउँछन् । उनले एमसीसी औपचारिक रूपमा संसद्मा आएपछि एमालेले धारणा सार्वजनिक गर्ने पनि प्रष्ट पारेका छन् । संसदमा आए पछि मात्रै एमसीसी के गर्ने भनेर एमालेले निर्णय गर्ने भन्दै उपमहासचिव ज्ञवालीले अहिले अनुमानका भरका गरिएको प्रचारको कुनै अर्थ नहुने बताएका छन् ।
विगतमा सभामुखले गरेको असहयोग अहिलेको सरकारका पालामा पनि दोहोरिइरहेको एमालेका नेताहरूको भनाइ छ । ‘एमसीसीको बोर्ड बैठक बस्ने दिनलाई पन्छाउन प्रधानमन्त्रीसँग परामर्श नगरी प्रचण्ड र माधव नेपालको निर्देशनमा उहाँले प्रतिनिधिसभा बैठक आफूखुसी सार्नॅभएको बाहिर आएको छ । त्यो गम्भीर कुरा हो ।
विगतमा पनि उहाँले त्यस्तै गर्नॅभएको हो,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सभामुख सरकारलाई अप्ठ्यारो पार्ने पद होइन । सदनले फैसला गर्ने हो । सभामुख सदन र सरकारको बीचमा सहजकर्ता बन्ने हो ।’