×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसीसी यू-१६ इस्ट जोन क्रिकेट : मलेसियाविरुद्द नेपालको राम्रो सुरुवात

एसीसी यू-१६ इस्ट जोन क्रिकेट : मलेसियाविरुद्द नेपालको राम्रो सुरुवात

काठमाडौं-  नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभल मैदानमा नेपालले सुरुवाती १६ ओभर सकिदा २ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ । टोलीमा अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

नेपालको प्लेइङ ११ :

दीप भुजेल, कार्तिक कामत, निरज यादव, अभिषेक तिवारी (कप्तान), सुर्यांशु कोइराला, आषिश लुहार (विकेटकिपर) , सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टराई, अशोक धामी र नरेन भट्ट ।

प्रतिकृया दिनुहोस्