×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो । 

निर्वाचनको सङ्घारमा आफैँ उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

‘मदिरा आयात खोल्न दबाब दिने उम्मेदवार एवम् मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ,’ मञ्चले भनेको छ, ‘मंसिरसम्म लम्ब्याइएको आयात प्रतिबन्ध कायमै राखिनु पर्छ ।’

प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।

प्रतिकृया दिनुहोस्