×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने

देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढी पुग्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन् । 

उन सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन् । भोलिदेखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा हुनेछन् ।

डडेल्धुरामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा जाने भएका हुन् । भोलिदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए । उनकाअनुसार चारदिने कार्यक्रम सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला फर्किने छन् ।

यसअघि देउवाले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस्