×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

काठमाडौँ, १२ पुस। नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ । मुलुकभर कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको छ भने आठ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कुल मृतकको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-

प्रतिकृया दिनुहोस्