×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसिया कप क्रिकेट यूएईमा हुने

एसिया कप क्रिकेट यूएईमा हुने

काठमाडौं- श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) मै हुने एसीसीले जनाएको छ । एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउनेछन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र  गरि ६ टिम सहभागी हुनेछन् ।

 

 

प्रतिकृया दिनुहोस्