×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी तयारीमा जुट्यो राप्रपा

चुनावी तयारीमा जुट्यो राप्रपा

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो । 

वक्ता मोहन श्रेष्ठकाअनुसार मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षा र भदौमा हुने तेस्रो चरणको आन्दोलनको प्रारुपबारे पनि छलफल हुनेछ ।

गत शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । ओलीसँग भएका कुराकानीबारे आज लिङ्देनले पार्टीमा जानकारी गराउने सम्भावना पनि छ ।

चुनावमा एमाले र राप्रपाले एकअर्कालाई सघाएर जान सक्ने सम्भावना देखिएको नेताहरूले बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्