काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँगै उनकाे परिवारलाई नै काेराेना संक्रमण भएकाे छ । महामन्त्री शर्माले ८ महिनापछि पुन: परिवार नै संक्रमित भएकाे जानकारी दिएका छन् । ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट पाेजेटिभ । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन ।’ यस्तै उनले एकसातापछि काममा फर्किने बताएका छन् ।