धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका बाढीपहिरो प्रभावित सबै जिल्लालाई २५ लाख रुपैयाँका दरले राहत बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
विभिन्न जिल्लामा बाढीपहिरोले क्षति गर्न शुरू गरेपछि मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि प्रभावित जिल्लालाई २५/२५ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।