×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ४४० संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

थप ४४० संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

काठमाडौँ- नेपालमा बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ७ पीसीआर परीक्षणका क्रममा ३ सय ८७ जना र १ हजार ४ सय ७ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ७४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ७ सय ८० जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १९ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्